



CHANDRAMAN369
ᗩᒪᒪ ᓰS ᕲᖇᘿᗩᘻ / ᕼᓰᘜᕼ ᕵᓍᘺᘿᖇ /ᔕOᒪᗩᖇᑭᑌᑎK / Ωᵘαℕ𝐭ᵘΜ rⓔαⓛ𝒾丂Μ
ॐ तत् सत् / सो हम् / अहम् ब्रह्मास्मि
♾️🌀🕉
समयको घेरा नाघेर
गहिरो समुन्द्रमा हामफालेको हो,
समतल मारभुमी पन्छाएर
पुगेको छ युगको चरम,
कहाँ होष कहाँ मदहोस,
शून्यतामा बजिरहेको बाजा सँगै
हामी पुगेको छौं यो गोरेटोमा ।।
रागको सर्ग्रम क्रोमेटिक मेलोडी
तरङ्ग रङ्गको मिश्रण बीच उत्सर्ग
हामी आफैं ब्रम्हसूत्र
हराएर भेटिनँ आको
आफ्नै ढंगमा ।।
रातको शून्यतामा तारा बज्दै छन
मनका तारहरु नाच्दै छन
केही होस केही बिहोस
सबै भाका गुनगुनाउँदै
हामी पुगेको छौं यो गोरेटोमा
सबै कुरा थाहा पाउन
आफैंमा हराएर भेटिनँ ।।।
यहाँ कमी धेरै कुराको होइन
न त पैसा इन्धन इज्जत
माया मानवता नै हुन
आफुनु मन सम्म पुग्न
अरुको मन चिरेको हुन्छ
आफूनु शरीर भोग्न
अरुको छाला चाहिन्छ
आफू भेट्नै तरखर छैन
बस त कमी धेरै कुराको होइन
आफू सँग आफू नभएको हो
अनि भेटिउ पनि कसरी
आफू त ऐन पनि देखिँदैन
अँधेरोमा नियाल्नु पर्छ
डर अवश्य लाग्छ
आत्मा र मन भन्ने कुरा
कतै भेटिँदैन
सबैले खोस्न खोज्छ
जुन कुरा आखिरमा
आफैं सँग सदाबहार छ ।।।।
once while i was going down a crowd,
i saw a bird come down,
with a flower in its mouth,
and a thought sprout on my mind,
why i been waiting all this time,
for my life to be as i see it,
while its happening all around,
happening all round.
all around me, all around me,
a beautiful tapestry,
as simple as it be,
all around me, all around me,
millions of souls dancing,
as simple as it be,
all round me, all around me,
a wishful life it is,
make it whatever you want it to be,
dance to the beat.
breath,
in out deep shallow,
breathing is life,
simple yet deep
thoughts,
comes and goes,
stays and flows,
like river or a stone
thoughts like breathing,
don't hold for long,
sweet or foul,
will suffocate your soul
breathing and thoughts,
teach you to let go,
life is such you learn
as you grow,
into a tree or a home.
शिरिष र वसन्त हामी
एकाएक आँखाहरु थामिन्छन,
न म उसको लायक थिएँ,
न उ मेरो,
बस ऋतुहरुको
गोरेटो बीच पर्खाइ,
उँ वसन्त,
म शिरिष ।
निःशब्द मन,
लोलाएका आँखा,
तिखो धारिलो सोचहरु,
न उसले बुझ्यो,
न मैले महसुस गरे ।
साथ अनिवार्य होला,
वसन्त आउन शिरिषको
बाटो हिँड्नै पर्छ,
हामीले एकअर्काको
सहरमा जुलुस गरेनौं ।
मौनधारण बस्यौँ,
अनसन राख्यौं,
तर आखिर
नियतिको खेल
मौसम बदली रहन्छ ।
